नेपाली सिमा एवंम् कोभिड-१९ सँगको संघर्ष - Nepal Medicos Times

नेपाली सिमा एवंम् कोभिड-१९ सँगको संघर्ष

Share This



नेपालको ग्रेटर म्याप माग गर्न नेपाल सरकार सँग प्रसस्त ठाऊ र आधार देखिएता पनि संसद देखि  सड़क सम्म हाल चलिरहेको भारत-नेपाल सिमा विवादमा  लिम्पियाधूरा, कालापानी र लिपुलेख नेपालकै हो भन्ने कुरामा दुई मत छैन।  सन् १८१६ को सुगौली सन्धि, नेपालको पुराना नक्सा, अभिलेख, १८५० मा नेपाल-भारत का आधिकारिक व्यक्तिहरू बसेर बनाएको नक्शा , वि.स.२०१५ सालको आमनिर्वाचनको मतदाता नामावाली, वि.स.२०१८ सालको जनगणना लगायत भारतकै मानसरोवर यात्री हंस, प्रमानंदका किताबमा लिपुलेखका दक्षिण तिर नेपाली सुरक्षाकर्मीको वर्णन आदिले स्पष्ट गर्दछ कि ती नेपाली भु-भाग नै हुन्। नेपालले पटक-पटक संसार समक्ष अाफ्नाे भू-भाग रहेको कुरा अवगत गराएता पनि २०१५ मा भारत र चीन बीच व्यापार र वाणिज्य विस्तारका लागि २८ किलोमिटर मानसरोवर सड़क निर्माण कार्य  पारित गरियो। यस्को विरोध हाल  पारित गरिएको नयाँ नेपालको नक्शा, नयाँ सुरुवात मात्र रहेको, नयाँ कुरा होइन।

एकातिर तिम्रो  पशुपतिनाथ हाम्रो विश्वनाथ एकै हुन् भन्दै दाईले भाईको जमीन मिच्नु कदापी पनि हामी नेपाली जनतालाई स्विकार छैन।  मित्र राष्ट्र भनेर मद्दतको नाममा देश नै मिच्न  पाइदैन।  सिमाना विवादले दुईपक्षीय सैकडौं वर्ष  देखि एक आपसमा गासिएका नाता-रिश्ता र दुईपक्षीय राष्ट्रहरूको अनौठो संम्बन्धलाई मात्र प्रभावित नगरी दुवै पक्षको जनमानषमा पनि अतुलनीय नकारात्मक प्रभाव पार्न सक्ने स्पष्ट हुँदै गएको छ। अर्कोतिर विश्वव्यापीरुपमा आतंक मच्चाइरहेको कोरोना संक्रमितको संख्या दुबै देशमा धट्दै जानुको सट्टा निरन्तर बढ्दै गएकाले दुवै देशका जनता  त्रसित रहेको अवस्थामा कोरोनासँगको लडाइँलाई केन्द्रित गर्नुको सट्टा सिमा विवादमा फस्नु र जनस्वास्थ्य सँग जोडिएका अति संवेदनशील पक्ष ओझलमा पर्न सक्ने धेरै खतरा बढेर गएको छ। जसले गर्दा भूमि/ सिमानाकै  कारणले दुबै देशका जनता आत्महत्या वा मानसिक रोगीभइ दुवै राष्ट्रको नेताहरुलाई पीडामा पिरोल्न सक्ने मात्र नभई  हजारौ  हजारौंको मृत्यु समेत हुनसक्ने देखिन्छ, त्यतिमात्र  नभई दुवै पक्षको जनता अनाहक कोरोना आतकं संगै भुमि विवादले झन् मानशिक तनाब थपिनु कदापि मुनासिव हुनसक्दैन। नेपाल यसैपनि विश्व मानष चित्रमा सानो, स्वतन्त्र र बिरताको कारणले कहिल्यैपनि विश्वसामु नझुक्नुको साथै कसैको उपनिवेश पनि नरहेको आदी कारणले नै तत्कालीन इस्ट इन्डिया कम्पनी पनि  अद्म्व्य्य साहसी गोर्खालीलाई तत्काल नेपाल ब्रिटिशको लागि शत्रु राष्ट्र  रहे तापनि गोर्खा रेजिमेन्टको स्थापना गरी आज पनि सोही रेजिमेन्टको दम्ब देखाउँदै मोदी सरकारले हेपाहा प्रवृतिको अनुकरण गर्दै "दिन मे भाई-भाई रातमे कसाइ" चरितार्थलाई उदाँगो  पारेको छ। हामी नेपाली माथि कोरोना सँगसँगै सिमा विवाद पनि अनाहक थपिएका जिम्मेवारी निर्वाह गर्नुपर्ने देखिएकाले हाम्रो सरकार अदम्ब साहसका साथ  सम्पूर्ण सत्यतथ्य संलग्न गरी भारतीय पक्षसँग आफ्नो पक्षको प्रमाण भिराउनु पर्ने साथ-साथै अन्तर्राष्ट्रिय समर्थन जुटाउनु र विश्वासिलो मित्र राष्ट्रको मध्यास्ता सँगै उक्त विवादलाई मिलाउनुको साथै अन्तराष्ट्रिय अदालतबाट पनि समाधानको प्रयासलाई निरन्तर रुपमा जोड दिँदै जानु पर्दछ। साथै आउदो दिनमा यस्ता सिमाना विवाद नेपालसँगै कहिल्यै नहोस् त्यसको लागि पनि सर्तक रहन सम्पूर्ण प्रयास ठोस रुपमा जारी राख्नु पर्दछ ।

नेपालको दक्षिणी, पूर्वी र पश्चिम तिर भारतसँग जोडिएका सिमाना क्षेत्रहरुमा वारि-पारी पट्टिको बासी  सोही सरहको बासिन्दा रहेकोले भविष्यका कुनैपनि किसिमको भुमि/सिमाना विवाद हुननदिनलाई नेपालको इतिहासमा तिरँहुत राज्यको स्थापना सँगै १०९७ इ.स. मा तिरँहुत रेजिमेन्टको स्थापना भएझै आजको समय सापेक्ष नेपालले दझिण सिमा सुरक्षार्थ थप मिथिला, थारु, भोजपुरि आदि रेजिमेन्टहरुको पुर्नस्थापना गरी उक्त क्षेत्रहरुमा सीमा सुरक्षा प्रभावकारी तरिकाले पुर्याउनुपर्ने देखिन्छ । साथै सिमा क्षेत्रमा सिमा- घुम्तिगणको  (Border mobile troops) स्थापना गर्नुपर्ने जसले  सिमा क्षेत्रको सुरक्षाको साथै उक्त क्षेत्रमा अनाधिकृत क्रियाकलापमा स्वतः बन्देज लाग्न जानेछ । 

यी तमाम कुराहरुको अलावा हाल नेपाल र नेपालीले कोरोना सँगको लडाई अझ सशक्त भई लड्नु पर्ने पहिलो प्राथमिकतामा राखी "ज्यान भए जहान छ"भन्ने कुरा चरितार्थ गर्नैपर्ने देखिन्छ । त्यसैगरि कोरोनासँगको लडाइँमा अहोरात्रि खटिएका स्वास्थ्यकर्मी, पुलिस,सेना आदि सम्पूर्णलाई थप बल र हौसला प्रदान गर्नुकासाथै अति आवश्यक उपचारार्थ  सामाग्री जस्तै टेस्ट किट, पिपिइ, औषधी  आदि उपलब्ध गराउनतिर थप जोड दिनुपर्छ।

उपर्युक्त दुवै संघर्षमा हामी नेपाली एक जुट भई विश्वस्तरीय संघर्ष चर्काउनु पर्नेको अलावा बिकल्प छैन। "एकतामै शक्ति" कुरालाई चरितार्थ गर्दै यस महा संघर्षमा सम्पूर्ण राजनैतिक दलहरु एवंम् आम नेपाली एकजुट भई यस संघर्षलाई राष्ट्रिय हितमा जुट्न हुन हार्दिक अनुरोध गर्नुपर्ने जरुरी नरहेको कुरामा  विश्वस्त छु ।

                     


अन्तमा नेपाल सरकारले तमाम इतिहास केलाई साथै पत्रपत्रिका, समाजिक सञ्जाल र संवन्धित विज्ञहरूको विचारधारा समेटी सिमानासँग जोडिएको ग्रेटर नेपालको माग विश्व समक्ष राख्न नै बढी मुनासिब देखिएकोले सोही अनुरुप नेपालको सम्पूर्ण गुमेको भुमी  नेपालमा नै गाभिनुपर्ने तथ्य सँग कसरत गर्दै जानु पर्नेमा दुईमत छैन। 

— हिमानी सिंह